समाचार

१७ जना जुवाडे पक्राउ



काठमाडौँ, २ पौष । काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका-४ बाट जुवा खेलिरहेका १७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको जानकारी दिइएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।