समाचार

नैकापमा नगदसहित गरगहना चोरी



काठमाडौँ, २ पौष । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१४ नैकाप क्षेत्रमा चोरीका घटना बढेका छन् । मैनु डिन मियाको घरमा सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीका अनुसार नगद ५० हजार रुपैयाँ, अन्दाजी ३ तोला बराबरको सुनको विभिन्न गरगहना र १ थान मोबाइल समेत गरी करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । 

यसअघि नैकापमा शुक्रबार पनि चोरी भएको थियो  सो स्थानमा डेरा गरी बस्ने गुल्मी रुरु गाउँपालिका-३ घर भएका ४० वर्षीय लिलाधर ज्ञवालीको कोठामा चोरी भएको हो ।