Banner News

पूर्वप्रम खनालद्वारा उदयलाई छाड्न आग्रह



इलाम, ३ भदौ । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरे ।
नेकपा एमाले का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । भारतको केन्द्रीय सरकार र सम्बन्धित अधिकारीसँग कुराकानी गरी रिहाइको प्रयत्न गर्ने राजदूत उपाध्यायले बताए । यसैगरी खनालले नेपालको परराष्ट्र मन्त्रालयमा पनि कुराकानी गरी तत्काल भारतको सम्बन्धित निकायसँग कुराकानी गरी तत्काल रिहाइको पहल गर्न अनुरोध गरेकाछन ।
आमाको उपचार गराउन भारतको सिलिगुडीस्थित फ्यामिली क्लिनिकमा गएका बेला उदयलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।