काठमाडौँ, ३ पौष । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् ।
अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका छन् । अब लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको छ ।
मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्