काठमाडौँ, ५ पौष । काठमाडौँ माइतीघरमण्डलमा गएराति सवारी दुर्घटना भएको छ ।
प्रहरीका अनुसार माइतीघरमण्डलमा राति ११ : ०५ बजे बा १३ च ७१७७ नम्बरको कार दुर्घटना भएको हो ।
कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको र दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
कार प्रहरीको नियन्त्रणमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्