शैक्षिक

चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए



काठमाडौँ, २४ माघ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन् ।

मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार लिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लामा २० हजार पीडितलाई गैरसरकारी संस्थाले पुनःनिर्माणका लागि अनुदान दिने प्राधिकरणसँग सम्झौता भएको छ, गैरसरकारी संस्थाको अनुदान पाउने लाभग्राहीले सरकारले दिने सहयोग पाउँदैनन्”–उनले भने ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो किस्ता लिई जग निर्माण गरेर इन्जिनियरबाट सिफारिस भई आएका लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्न रु ११ अर्ब निकासा गरिएको एकाइले जनाएको छ । यो रकम ७३ हजार लाभग्राहीलाई वितरण गर्नपुग्छ ।

दोस्रो किस्ताले घरनिर्माण सम्पन्न गरेको सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका प्राविधिकले सिफारिस गरेपछि छाना छाउने प्रयोजनका लागि रु एक लाख तेस्रो किस्तामा वितरण गरिन्छ ।