काठमाडौँ, ८ पौष । । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट ५४९.२ ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका दीपक गुप्ता र सोही ठाउँका सुमित बर्मालाई अवैध सुनसहित पक्राउ गरिएको हो ।
प्रहरी टोलीले ५४९.२ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका काटिएका टुक्रा दुई थान र सरसमान बरामद गरेको हो । भारतको पलियाकला खिरीका गुप्ताले चलाएको उत्तर प्रदेश ३२ जेभी ९२०० भारतीय नम्बर प्लेटको कार शंका लागेर चेक गर्दा कारभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइएको अवस्थामा सुन भेटिएको हो ।
प्रतिक्रिया दिनुहोस्