समाचार

आगलागीबाट झन्डै डेढ करोड क्षति



धनगढी, ८ पौष । धनगढीको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।

आइतबार साँझ शहीद गेटमा टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको आगो सँगैका अन्य पसलमा समेत फैलिएर बढी क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युतको तार सर्ट भएर लागेको आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिइएको थियो ।

समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख बराबर क्षति भएको छ भने सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।