काठमाडौँ, ८ पौष । नेकपा एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको बताएका छन् ।
आज समितिको बैठकमा माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका थिए ।
त्यसलगत्तै बोलेका एमाले सांसद भट्टराईले समिति सभापति ऋषिकेश पोखरेलप्रति लक्षित गर्दै आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरूमाथि डन्डा चलाउन सकिने बताए । उनले भने, ‘‘सभापतिको श्रीमती अदालतमा हाजिर हुन जानुपर्छ, जानुहुन्छ । न्यायिक निरुपणमा जानुहुन्छ भन्ने विश्वास छ ।’’
समितिको सभापति कुन पार्टीको बनाउने भनेर निर्वाचनअघिको भद्र सहमतिका आधारमा बनाइएकाले राजनीतिक तहमा समझदारी गरेर उपसभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत सबै पदाधिकारी अदलबदल गर्न सकिने उनले बताए ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले समितिमा अदलबदल गर्नुपर्ने भए नेतृत्व तहबाट हल गरेर जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्