काठमाडौँ, ९ पौष । गुल्मीमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको हो ।
घरबाट ५०० मिटरमाथि गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा रमेशको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापा नेतृत्वको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्