सम्पादकीय

एक टुक्रा औषधि नखाई १ सय ४ वर्ष बाँचेकी छिन् लालमाया तामाङ



पाँचथर, ४ भदौ । घरको आगनम सुकाएको धान हातले छामेर थुन्चेमा उठाइन्, सिकुवामा धान राखेर घरिभित्र पसिन् अनि खाना पकाउने मेलोमेसोमा जुटिन १ सय ४ वर्षीया लालमाया तामाङ । पाँचथरको साविक चोकमागु –९ हाल फिदिम नगरपालिका–५ सरसिउँला गाउँकी वृद्धा तामाङ अहिले १ सय ४ वर्ष पुगिन् ।

यतिको उमेरमा पनि उनी आफै तरकारी काट्छिन् । घर बढार्छिन्, खाना पकाउछिन् । यी सब काम यिनी हातले छामेर गर्छिन् अहिले पनि । ‘म जन्मेको साल थाहा छैन भदौ महिनामा अरे आमाले भनेको सुनेको’ उनी भन्छिन् ।

२०९० सालको भूकम्पले हल्लाएर घरभित्रै लडेको याद स्मरण गर्ने तामाङको जन्म भने १९७० सालमा भएको भए पनि उनको नागरिकतामा भने १९७१ साल रहेको सो वडाका वडा नागरिक मञ्चका पूर्वा संयोजक सीमा तुम्बापो बताउछन ।

सामान्य मानिस स्वास्थ्य समस्या लिएर वर्षमा २ पटक अस्पताल वा क्लिनिकसम्म जान्छ । तर, जीवन भर एक ट्याबलेट सिटामोल समेत नखाई १ सय ४ वर्ष बाँच्नु आधुनिक चिकित्सा विज्ञानलाई चुनौतिका रुपमा लिन सकिन्छ । समाचारपत्रमा समाचार छ ।