राजनीति

एमाले सचिवालयले केन्द्रीय कमिटीका एजेन्डा तय गर्ने



काठमाडौँ, ९ पौष । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ ।

पौष २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार सचिवालय बैठक बुधबार ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । सोही बैठकले केन्द्रीय कमिटी बैठकको मिति घोषणासहित र बैठकका एजेन्डा तय गर्छ । केन्द्रीय समितिको यो नियमित बैठक बस्न लागेको हो ।

एमालेले पुस २० र २१ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि बैठक बस्ने मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।