Banner News

प्रधानमन्त्री देउवा धमाधम मन्त्री थप्दैः आठ थपिदा ३१ सदस्यीय बन्यो मन्त्रिमण्डल



काठमाडौ,४ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आइतबार विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र आठ राज्यमन्त्री हुनुहुन्छ ।

मोहम्मद जाकिर हुसेन महिला, बालिकालिका तथा समाज कल्याण, रामसिंह यादव स्वास्थ्य, श्यामकुमार श्रेष्ठ गृह, शम्भुलाल श्रेष्ठ ऊर्जा, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवर पशुपक्षी विकास र ओङ्दी शेर्पाले सामान्य प्रशासन राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।