सम्पादकीय

सोना सिमेन्टविरुद्ध स्थानीय आन्दोलित



दाङ, ६ भदौ । सोनापुर सिमेन्ट उद्योगले मापदण्डविपरीत उद्योग सञ्चालन गरेको भन्दै स्थानीयवासी उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।  उद्योगले तोकेको मापदण्डविपरीत धुलो नियन्त्रण नगरी प्रदूषण फैलाएपछि तुलसीपुर उपमहानगरपालिका–१९ का स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय दाङमा उद्योगविरुद्ध उजुरी दर्ता गर्दै कारबाही नगरे उद्योगविरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।

स्थानीयवासीको एक समूहले दर्ता गराएको उजुरीपत्रमा उद्योगले धुलोधुवाँ बढाएको र नियन्त्रणका लागि पहलकदमी नगरेको आरोप छ । उद्योगले आमउपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै गम्भीर बन्न स्थानीयले उद्योग प्रशासनलाई आग्रह गरेका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले सोनापुर सिमेन्ट उद्योगले धुलो नियन्त्रण नगरी प्रदूषण फैलाएको आरोपमा उजुरी परेको जानकारी दिए । उनले भने, ‘उद्योग प्रशासन, स्थानीय र हामीहरूबीच छलफल भएको थियो । छलफलबाट सात दिनभित्र धुलो नियन्त्रण गर्ने सहमति भएको छ ।’

सहमति कार्यान्वयन नभए उद्योग आफैं उद्योग बन्द गर्न तयार भएको छ । धुलोधुवाँ जनस्वास्थ्यका दृष्टिकोणले नागरिकलाई प्रतिकूल असर पार्नेमा पर्छ । यसतर्फ सचेत रहन उद्योग प्रशासनलाई मौखिक रूपमा समेत आग्रह गरेको छु ।’ तुल्सीपुर उपमहानगरपालिका–१९ स्थित सोनापुर सिमेन्ट उद्योगले धुलो नियन्त्रण गर्न नसकेको भन्दै स्थानीयले उद्योगविरुद्ध उजुरी दर्ता गराएपछि उद्योग व्यवस्थापन अप्ठ्यारोमा परेको छ । राजधानीमा समाचार छ ।