सम्पादकीय

संशोधन असफल, पुगेन ४८ मत



काठमाडौं, ६ भदौ । व्यवस्थापिका संसद्ले सोमबार संविधानको दोस्रो संशोधन विधेयक अस्वीकृत गरेको छ । संशोधनको अन्तरवस्तुमा प्रमुख राजनीतिक शक्तिहरु विभाजित भएपछि संशोधन अस्ववीकृत भएको हो । यसअघि २०७२ असोज ३ गते संविधानसभाले जागरी गरेको संविधानमा प्रमुख दलहरुको सहमतिमै २०७२ माघ १० मा पहिलो संशोधन गरिएको थियो ।

झन्डै चार महिना लामो माथापच्चीपछि सदनमा भएको मतदानमा विधेयकका पक्षमा ३४७ र विपक्षमा २०६ मत पर्यो । सभामुख ओनसरी घर्तीले विधेयकको पक्षमा परेको मत सदनमा तत्काल कायम रहेको सदस्य संख्या ९५९२० को दुई तिहाइ नभएका कारण दोस्रो संविधान संशोधन विधेयक सदनबाट अस्वीकृत भएको घोषणा गरिन् । संविधान संशोधनजस्तो महत्वपूर्ण विधेयकमा मतदान हुँदा ५९२ सांसदमध्ये ५५३ मात्रै उपस्थित थिए । कान्तिपुरमा समाचार छ ।