सम्पादकीय

जुम्लाका अस्थायी रुट दुर्घटनाको उच्च जोखिम



जुम्ला, ६ भदौ । जुम्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुको घुँइचो लागने गर्दछ । पातारासी गाउँपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासी सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन् ।

तर सहज यात्रा भने उनीहरुले कहिल्यै गर्न पाएका छैनन् । सडक सञ्जालले भरर्खरै छोएको पातारासी गाउँपालिकामा अहिले सामान ढुवानीका लागि ट्याक्टरहरु सञ्चालन हुँदै आएका छन् । जसमध्ये जुम्ला सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डलाई अहिले अस्थायी रुट कायम गरिएको छ । समाचारपत्रमा समाचार छ ।