राजनीति

कांग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा पाए पूर्णबहादुर खड्काले



काठमाडौँ, २५ पौष । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको संयोजनको जिम्मा पुनः कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सरकारका काम प्रभावकारी बनाउन कांग्रेस र एमालेले गत कातिक १५ गते संयन्त्र बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित दुई दलीय संयन्त्रमा कांग्रेस र एमालेबाट चार/चार जना सदस्य छन् ।

संयन्त्रमा कांग्रेसका तर्फबाट उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।