काठमाडौँ, २६ पौष । अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का रतनअहिर यादव, कोटहीमाई गाउँपालिका–३ का बिक्रमादेवी मिश्रा, रमा शंकर मिश्रा र शिवशंकर मिश्रा, कोटहीमाई गाउँपालिका–५ का कन्हई प्रसाद गडेरिया छन् ।
यस्तै रोहिणी गाउँपालिका-३ का शिवशंकर कुर्मी, प्रेमप्रसाद कुर्मी, पुजारी कुर्मी र सन्दीप कुर्मी र सिद्धार्थनगर नगरपालिका–४ का राधेश्याम अहिर पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्