सम्पादकीय

एक वर्षमा अढाई हजार प्रहरी कारबाहीमा



काठमाडौं, ७ भदौ । एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधन कार्यालयका अनुसार आर्थिक वर्ष ०७३। ७४ मा दुई एसएसपी, एक एसपी, दुई डिएसपी र २७ जना इन्स्पेक्टर विभागीय कारबाहीमा परेका छन् ।

कारबाहिमा पर्नेमध्ये तीन सय ४६ जनालाई जागिरबाट हटाइएको छ । जारिबाट हटाइएकामा तीन इन्स्पेक्टरसमेत छन् । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ ।

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरैले नसियत पाएका छन् । एक हजार दुई सय ६ जनालाई कारबाहीस्वरुप नसिहत दिइएको छ । एक एसपी, दुई डिएसपी, १८ इन्स्पेक्टर, ४६ सइ, एक सय १६ असइ, दुई सय ६२ प्रहरी हवल्दार, सात सय ५४ जवान र आठजना कार्यालय सहयोगी छन् । नयाँपत्रिकामा समाचार छ ।