लन्डन, २७ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अहिले नेपालको राजनीति अत्यन्तै तरल रहेको बताएका छन् ।
लन्डनस्थित नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल अत्यन्त तरल स्थितिबाट गुज्रिरहेको जनाए । नेता कोइरालाले बेलायतबाट नेपाल जाने लगानी घटिरहेको र दोहोरो करको समस्या रहेको पनि जनाए । उनले नेपालमा ‘रेड टेपिज्म’ बढिरहेको भन्दै लगानी आकर्षित गर्न अहिलेको सरकारले काम गरिरहेको जनाए । बेलायत सरकारले नेपालबाट आयात गरिने विभिन्न वस्तुहरूमा सुविधा दिएको भए पनि नेपालले फाइदा लिन नसकेको उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले बेलायतको नेपाली डायस्पोरा बलियो, शिक्षित र गौरव गर्न लायकको भएको बताए। उनले यहाँ बसोबास गरिरहेका नेपालीहरू नेपालको कुनै पनि विषयमा योगदान गर्न इच्छुक रहेको आफूले पाएको जनाए । दुवाडीले बेलायतमा बस्ने सबै नेपाली नेपालका मानार्थ राजदूत हुन् भन्दै आफूसंग रहेको ज्ञान, सीप र पहुँच राज्यको हितमा सदुपयोग गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्