काठमाडौँ, २७ पौष । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँएका थिए ।
कारमा सवार तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका छन । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्