काठमाडौँ, २८ पौष । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफू सभामुख हुँदा र अरू बेला पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको स्मरण गरे ।
उन्ली भने “म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ । यति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद् नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुलदुली छ,” ।
उनले संसद् कुनै पनि देशको महत्त्वपूर्ण संस्था हुने र यसले सुशासनदेखि धेरै विषयको सन्देश प्रवाह गर्ने बताए । संसद्बाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको जन्म हुने भएकाले संसद्लाई बन्द गर्न नहुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्