शैक्षिक

चाँगुनारायणका महिला सीप तथा नेतृत्व विकासमा रमाउँदै



भक्तपुर, २५ माघ । चाँगुनारायण नगरपालिकाका महिलाहरुको आर्थिक अबस्था उकास्ने उदेश्यले संचालित तीनदिने महिला सीप विकास कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत स्थानीय महिलाको कृषि, पशुपालन लगायत बिभिन्न आयमूलक कार्यक्रम संचालन गर्नेबारेमा जानकारी गराईएको थियो ।
सामाजिक मामिलाका लागि सहभागिता मूलक प्रयास नेपाल (पेसा नेपाल)ले संचालन गरेको उक्त कार्यक्रममा पशुपालन तथा कृषिमा आधुनिकता, बिभिन्न पेशा तथा व्यबसाय संचालन गर्ने गरि स्थानीयस्तरमै उत्पादन गर्न सकिने बिभिन्न सामाग्रहीहरुको निर्माण, बजार प्रवर्दन लगायतकाबारेमा महिलालाई जानकारी दिएको पेशा नेपालका अध्यक्ष दीलकुमार अवालले जानकारी दिए ।
तीनदिने कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुषाल, जिल्ला कृषि विकास कार्यालय भक्तपुरकी प्रमुख पूर्णा ढुङ्गाना, महिला तथा बालबालिका कार्यालय, भक्तपुरका प्रमुख निलाकुमारी घिमिरे, जिल्ला पशु सेवा कार्यालय भक्तपुरका प्रमुख दिलिपकुमार देउजा, महानगरीय प्रहरी परिषर भक्तपुरकी महिला तथा बालबालिका सेवा केन्द्रकी सानू श्रेष्ठ, स्थानीय विकास मन्त्रालयका स्रोत व्यक्ति सन्तोष ढुङ्गेल लगायतले महिलाको राजनीतिमा पहुँचको सवाल, महिला हिंसा र त्यसको कानूनी उपचार, द्धन्द्ध व्यबस्थापन, सीप विकास तथा नेतृत्व विकासकाबारेमा सहभागिहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा सहभागि २५ जना महिलाले तालिम पश्चात आआफ्नो गाउँगाउँमा गएर महिलालाई शसक्तिकरण गर्न कार्य गर्ने भएको छन् ।