काठमाडौँ, ३ माघ । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायाङ्कन माघ २१ गतेबाट सुरु हुने भएको छ ।
निर्माता सरोज ओलीका अनुसार फिल्म २१ माघबाट छायांकन निस्कने गरेर सम्पूर्ण तयारी सकिएको छ ।
एस एम पिक्चर्स प्रालीको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, मुरलीधर, किरण केसी, निर्मल शर्मा, रविन्द्र झा लगायतको फिल्ममा मूख्य अभिनय रहनेछ ।
फिल्मको पटकथा, संवाद हरिवंश र उनका छोरा मोहितवंशले मिलेर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्