सम्पादकीय

निर्वाचनमा जाने राजपाको निर्णय



काठमाडौं, ८ भदौ । चुनावमा जाने–नजाने अन्योल चिर्दै राष्ट्रिय जनता पार्टी (राजपा) चुनावी रणनीति र कार्यक्रम बनाउन जुटेको छ । बुधबार सम्पन्न पदाधिकारी बैठकले चुनावमा जाने निर्णय लिएपछि पार्टी तयारीमा लागेको हो ।

बैठकले चुनावी तयारीका लागि समिति गठन, चुनाव चिन्ह रोज्नेलगायत विषयमा निर्णय लिन अध्यक्ष मण्डललाई जिम्मा दिएको पार्टी महासचिव मनीष सुमनले बताए । उनका अनुसार लगत्तै बसेको अध्यक्ष मण्डल बैठकमा उम्मेदवार चयनका लागि मापदण्ड तय गर्ने, निर्वाचन समिति गठन गरी कार्यक्रम र नारा बनाउनेलगायत विषयमा छलफल हुँदै छ ।

बैठकले चुनावी प्रचारप्रसार समिति, घोषणापत्र समिति, आर्थिक समिति, उम्मेदवार चयन संयन्त्र, केन्द्रीय नेता परिचालन, चुनाव चिन्ह छनोटजस्ता निर्णय लिने सुमनले बताए । यसअघि पदाधिकारी बैठक दुई दिनसम्म चलेको थियो ।

पार्टीभित्र चुनाव चिन्ह कुन रोज्ने भन्नेमा विवाद छ । निर्वाचन आयोगले कानुनी र प्राविधिक कारण देखाएर ‘छाता’ दिन नमानेपछि पार्टी एकिकरणअघि ६ दलले प्रयोग गरेकै चुनाव चिह्नमध्येबाट निर्णय लिन पदाधिकारी बैठकले अध्यक्ष मण्डललाई अख्तियारी दिएको छ ।

अध्यक्ष मण्डलभित्रै आआफ्नो चुनाव चिन्ह कायम राख्ने होड छ । खास गरी पञ्जा छाप, साईकल र लाठी समातेको मानिसमध्ये कुन रोज्ने भन्नेमा विवाद छ । ‘यी तीनवटा चिन्ह प्रदेश २ का ८ वटै जिल्लामा दर्ता छन्,’ सुमनले भने, ‘यीमध्येबाट एउटा छान्दा सहज र सरल हुने देखिन्छ ।कान्तिपुरमा समाचार छ ।