बारा, ९ भदौ । नेपाल–भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ । मदिरा पसल खुलेका छन् । अति संवेशनशील मानिने दशगजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएका छन् ।
अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाइँदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् । दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छ्रैन । पछिल्लो समयमा जिल्लासँग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो ।
भारतको बिहारमा मदिरा निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको छ । कतै चोक त कतै मेलास्थलका रुपमासमेत प्रयोग भइरहेको छ । कतिपय ठाउँमा खेती र अन्न दार्इँ गर्न दशगजा नै प्रयोगमा आएको छ ।
जिल्लाकै मटिअर्वामा झन्डै सय मिटरको दूरीमा सशस्त्र प्रहरीको बीओपी छ । त्यही दशगजामा दर्जन मदिरा पसल खुलेका छन् । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्