सम्पादकीय

पौडी खेल्दा खेल्दै बगेका तीन बालकको पाइपमा अड्केर मृत्यु



हेटौंडा, ९ भदौ । मनहरी गाउँपालिका–७ मा बिहीबार पौडी खेल्ने क्रममा स्थानीय तीन बालकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मनहरी खोलाले बगाउँदा १० पर्षीय अलेश रुम्बा, ११ वर्षीय अमन थिङ र १२ वर्षीय प्रकाश रुम्बाको मृत्यु भएको हो ।

बग्र्दै गर्दा उद्धार गरिएका १५ वर्षीय बुद्ध मोक्तान घाइते छन् । उनलाई उपचारका निम्ति भरतपुर लगिएको छ । टोलका ९ बालक बिहीबार बिहान पौडी खेल्न मनहरी बजारको बसपार्कबाट करिब ३ सय मिटरमाथि रहेको खोलामा पुगेका थिए ।

खोलामा बाढीले बगाएर ल्याएको पाइपमा अड्केका तीन जनाको मृत्य भएको स्थानीय सञ्चारकर्मी शिवकुमार काशीले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।