अर्थ

ट्रम्पले विदेशी सहायता रोकेपछि नेपालमा चार आयोजनाको अनुदान बन्द



काठमाडौँ, १४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता रोकेपछि नेपालमा चार आयोजना प्रभावित भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार ‘अन बजेट अन ट्रेजरी’अन्तर्गतका चार आयोजना प्रभावित हुनेछ । स्वास्थ्य, कृषि, शिक्षा र नीति निर्माणको लागि दिने सहायता बन्द भएको हो । जसमा युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएड एडुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र युएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्टमा पाउने अनुदान बन्द भएको हो ।

अनुदान ९० दिनको लागि स्थगित भएको मन्त्रालयले जनाएको छ । युएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा ‘डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट’मा हस्ताक्षर भएको थियो ।