Banner News

प्रभु मैले गर्न सकिन,कोसिस गरिरहेको छु, त्यसको लागि वातावरण बनाईदिन देउवाले याचना गरेः ओली



काठमाडौं,९ भदौ।नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका बिषयमा भारतमा बोलेको कुरा लज्जाजनक भएको बताएका छन् । उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले देशको शीर निहुरिएको बताए।

नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्ने क्रममा शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको सर्वस्वीकार्यताबारे प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्ति ’लज्जाजनक’ रहेको बताए। प्रधानमन्त्रीले कसैलाई खुसी पार्न यस्तो अभिव्यक्ति दिएको ओलीको आरोप छ। ’यही संविधानअनुसार प्रधानमन्त्री बनेको र यसैको शपथ लिएको व्यक्तिले अप्रासंगिकरुपमा संविधानको कुरा उठाउनुभयो,’ ओलीले भने, ’यस्तो भन्नु त राम्रो हुँदैन
उहाँले कसलाई खुसी पार्न यस्तो प्रसंग उठाउनुभयोरु’ यसले केही दिनअघिमात्रै संसदले लिएको निर्णयको समेत धज्जी उडाएको ओलीको बताए । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा संविधानको सर्वस्वीकार्यता बढाउन पहल गर्ने अभिव्यक्ति दिएका थिए। ’उहाँले गिडगिडाएर शर्मनाक ढंगले प्रभु मैले गर्न सकिनँ, कोशिस गरेको थिएँ। तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुर्पयो भनेर याचना गर्नुभयो,’ ओलीले अघि भने, ’उहाँको हाउभाउ र प्रस्तुति हेर्दा देशकै शिर निहुरिन्छ। अत्यन्तै दुस्ख लागेको छ।’