राजनीति

हवाईमार्गका विषयमा झमेला नगर्न भारत सरकारलाई अध्यक्ष नेपालको आग्रह



काठमाडौँ, २० माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्गका विषयमा अवरोध खडा नगर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

नेपाल र भारतका पत्रकारको संस्था मिडिया फोर बोडर हार्मोनीले शनिबार रौतहट सदरमुकाम गौरमा आयोजना गरेको नेपाल–भारत मैत्री संवादमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विमानस्थलको निर्माणमा सहयोग गर्न भारतलाई आग्रह गरेका हुन् । 

पूर्वप्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नयाँ रुट बनाउनुपर्ने भएकाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटका विषयमा झमेला खडा नगर्न आग्रह गरे । सो विमानस्थ्ल निर्माणले नेपाल–भारत दुवै देशका जनतालाई आवागमनमा सहजता हुने नेपालको भनाइ थियो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय आफू प्रधानमन्त्री भएको बेला सन् २००९ मा भएको उनले सुनाए ।