धनगढी, २२ माघ । कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काठमाडौँबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००२ नम्बरको बस आज बिहान सडक किनारमा पल्टिएको थियो ।
बसमा सवार ४५ जना यात्रुहरुमध्ये चार जना घाइते भएका जनाएको छ । दुर्घटनामा दार्चुलाकी एक किशोरी अचेत अवस्थामा छिन् । अरु तीन जना घाइते भने सामान्य अवस्थामा छन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्