काठमाडौं, २५ माघ । भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए ।
किन झुन्डिएर आत्महत्या गरे त ? कारण प्रहरीले खोज्दै होला । उद्दपी पछिल्लो समय स्कुले विद्यार्थीहरु विभिन्न कारणबाट आत्महत्या गर्ने प्रचलन बढ्न थालेको छ ।
विशेष गरी १० देखि १६ बर्षका स्कुले विद्यार्थीले आत्महत्या गरेको समाचार धेरै आइरहेका छन् । अभिभावक संघ नेपालका अध्यक्ष सुभप्रभात भण्डारी भन्छन । आखिर किन यस्तो भइरहेको छ त ?
यसको केही मनोवैज्ञानिक कारण हुन सक्ने भण्डारी बताउँछन ।
उनले ‘विद्यालयमा काउन्सिलर राख्ने नाममा डीआई राखेका कारण पनि कलिला विद्यार्थीमा यस्तो समस्या भएको हुनुपर्छ । जुनबेला पनि घोकन्ते विद्या र विद्यार्थीलाई बढी प्रेसर दिइने कारण यस्ता घटना बढ्दै गएको’ उनको बुझाई छ ।
अहिले स साना कक्षाका विद्यार्थीले आत्महत्या गरेको खबरले नेपाली समाजलाई अचम्मित पार्न थालेको नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्