चितवन, २५ माघ । नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको रहेको डीएसपी जेशी शाहको मृत्यु भएको हो ।
गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा विहीबार बेलुका ६ः२० बजेतिर उनलाई करेन्ट लागेको हो । एक्कासि करेन्ट लागेपछि उनको पोलमै मृत्यु भएको थियो । पोलमा झुण्डिएको अवस्थाको शव प्रहरी समेतको सहयोगमा तल झारिएको थियो ।
स्थानीय एक व्यक्तिले नेपाल विद्युत् प्राधिकरणले एक्कासि बिजुलीको लाइन छाडिदिँदा उनको करेन्ट लागेर मृत्यु भएको दाबी गरेका छन् । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्