काठमाडौँ, २५ माघ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आजबाट प्रदर्शनको एक सय दिनमा प्रवेश गरेको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन हुने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन भएर ‘पूर्ण बहादुरको सारङ्गी’ले नयाँ रेकर्ड बनाएको दाबी गरे ।
काठमाडौंको सामाखुसी, रञ्जना, राइजिङ महल, बनेपा, बुटवल र धरानको हलमा एक सय दिन मनाएको हो । यसैबीच, प्रदर्शनको सय दिन पुगेको अवसरमा निर्माणपक्षले दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराएको निर्माता पौडेलले जानकारी दिए ।
‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ‘जारी’पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘जारी’ले प्रदर्शनको सय दिन मनाएको थियो । ‘जारी’ले पाँच वर्षपछि सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’को नाममा रह्यो । यो चलचित्र नेपालमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्र बनिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्