काठमाडौ,१० भदौ ।प्रधानमन्त्री शेर वहादुर देउवाले निर्वाचनमा सबै पक्ष सहभागी हुने वातावरण निर्माण गरेको र नयाँ म्यान्डेटका आधारमा सबै समस्या समाधानको पहल हुने भारतीय नेताहरुलाई वताए ।उनले एमालेका कारण संविधान संशोधन हुन नसकेको, तर लोकतान्त्रिक पक्षधर दलहरूले दुईतिहाइ मत ल्याउन सके संशोधन हुने उल्लेख गरेका थिए । बैठकमा सहभागी उनकी पत्नी एवं कांग्रेस नेतृ डा। आरजु देउवा राणाले पनि प्रधानमन्त्रीले गरेका प्रयासबारे बताएकी थिइन् ।। प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहान राष्ट्रपतिभवनमा खाजासहितको भेटवार्तामा उनीहरूले नेपालको शान्ति र स्थिरताका लागि भारतबाट हरसम्भव सहयोग हुने बताएका हुन् ।
संविधान संशोधनमार्फत सबैलाई लिएर जाने देउवाको प्रयासलाई सराहना गरेका उनीहरूले प्रान्त र केन्द्रीय संसद्को निर्वाचनपछि धेरै समस्या समाधान हुने विश्वाससमेत गरेका छन् ।
प्रधानमन्त्री हैदराबाद जानुअघि शुक्रबार बिहान भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादव, सोही दलका उपाध्यक्ष केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदोरिया, सांसद डिपी त्रिपाठी, राष्ट्रिय स्वयंसेवक संघका नेता इन्द्रेस कुमारले सामूहिक भेटवार्ता गरेका थिए ।
येंचुरीले लोकतान्त्रिक आन्दोलनमा सहभागी सबै दलबीच साझा समझदारी बनाएर लोकतन्त्र संस्थागत गर्नुपर्ने सुझाब दिएका थिए । दोस्रो जनआन्दोलनका समर्थक तथा दिल्लीमा भएको १२बुँदे समझदारीका सूत्रधारमध्येका एक येंचुरीले कांग्रेस, एमाले, माओवादीसहित परिवर्तनकारी दलहरू लोकतन्त्र संस्थागत गर्न एउटै ठाउँमा उभिनुपर्ने सुझाब दिएका हुन् । यसमा देउवाले सहमति जनाउँदै सक्दो प्रयास आफूले गरिरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्