विश्व

श्रीलङ्कामा देशभर काटियो बिजुली



कोलम्बो, २८ माघ । श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ ।

आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घुसेको थियो । 

त्यसपछि यस्तो भएको बताइएको छ । बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ । 

एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताए । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सबैतिर बिजुली आइसक्न केही घण्टा लाग्ने बताइएको छ । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् ।