सम्पादकीय

भौचरमा हस्ताक्षर गराइन्छ, तर रकम दिइन्न



काठमाडौं, ११ भदौ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)मा रहेका सवारीसाधन मर्मतका लागि पठाइएको रकम बाहिनीपति, गण्पति रसीमा सुरक्षा कार्यालय (सिसुका)का प्रमुखले आफैले राख्ने गरेको पाइएको छ ।

क्षेत्रीय प्रमुख बाहिनीपति (डिआइजी), गण प्रमुख (एसपी) र सिसुका प्रमुख (एसपी) को मिलोमतोमा बीओपीमा रहेका सवारीसाधान मर्मतका लागि मासिक रुपमा पठाउने गरेको २६ हजार रुपैयाँ बीओपीपति –इन्स्पेक्टर लाई नदिई उनीहरु आफैले राख्ने गरेको पाइएको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयले हालै बीओपीमा रहेका सवारीसाधन चुस्त दुरुस्त राख्न परिपत्र गरेको थियो । तर, बीओपीपतिहरुले भने सवारीसात्रन मर्मतका नाममा आएको रकम बाहिनीपति, गणपति र सिसुका प्रमुखले नदिने गरेको भन्दै मर्मत सम्भार गर्न नसकिने मौखिक जवाफ पठाएका छन् । राजधानीमा समाचार छ ।