काठमाडौं, ११ भदौ । आगामी मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता हुने भएको छ । भदौ ११ गते आइतबार अर्थात् दल दर्ताका लागि एक दिन बाँकी हुँदा निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको सङ्ख्या ६४ पुगेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, व्यवस्थापिका–संसद्मा रहेका शेरबहादुर देउवा सभापति रहेको सत्तारुढ नेपाली काँग्रेस र उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम ।
(प्रजातान्त्रिक) उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पुशपति शमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले भने दल दर्ता गर्न बाँकी छ ।
कांग्रेससहितले आज दर्ता गर्ने
कांग्रेस नेता बालकृष्ण खाँडले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने जानकारी दिए । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्