काठमाडौं, २६ माघ । राजनीतिमा चुवानी सरगर्मी भने झै अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमामा आईजीपीको सरगर्मी चुलिएको छ ।
सेवा अवधिका कारण नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल र सशस्त्रका दुर्जकुमार राई आगामी २ फागुनबाट अवकाश पाउन लागेसँगै संगठन भित्र राजनीतिक वृत्त हुदै सामाजिक सञ्जालमा समेत आईजीपी को बन्ने र कसलाई बनाउने भन्ने बिषयमा बहस हुन थालेको छ ।
राजनीतिक दलका नेताहरू आफु अनुकुल आईजी बनाउन दौंडधुपमा छन् भने तिनका पछाडी दलालहरूको राम्रो उपस्थिति छ । विभिन्न स्वार्थ बोकेर हिँडेका दलालका कारण यतिखेर प्रहरी संगठन र संगठनभित्र राम्रा भनिएर चिनिएका प्रहरी अधिकृत बदनाम हुन बाध्य भएका छन् ।
क्षेत्रियताको नारा लिएर समेत केही नेता आईजीपी बनाउने लबिङमा जुटेका छन् । चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा राजनीतिक पहुँच र क्षेत्रियताको नाराबाट आईजीपी नियुक्ती हुने हो भने के ति आईजीले संगठनको हितमा काम गर्न सक्लान भन्ने प्रश्न पनि खडा हुन थालेको छ ।
यहि साता हुन पर्ने आईजीपी नियुक्ती विवादका कारण अन्तिम समयमा मात्र हुने भएको स्रोत बताउँछ । विवादमा मुछिदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल कुनै पनि हालतमा प्रहरी र सशस्त्रको आईजीपी नियुक्ती निष्पक्ष ढंगबाट गर्न चाहान्छन् । उनी पुनः कटुवाल प्रकरण दोहो¥याउन चाँहादैनन् ।
उता नेपाली काग्रेसबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका विमलेन्द्र निधी पनि वरियता मिचेर आईजीपी बनाउँदा त्यसले पुरै संगठनलाई असर गर्ने भन्दै वरियता क्रमकै आधारमा आईजी नियुत्ती गर्नु पर्ने जोड दिएको मन्त्रालय स्रोत बताउँछ ।
गृहमन्त्री भएदेखि काम गर्दै आएका गृहमन्त्री निधीले सत्तारूढ दलका शिर्ष नेताहरूबीच छलफल चलिरहदा वरियता क्रमलाई मिच्न नहुँने अडान लिएका थिए । वरियता क्रम अनुसार नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल एक नम्वरमा छन् भने सशस्त्रमा एआइजी सिंहवहादुर श्रेष्ठ पहिलो नम्वरमा छन् ।
उनीहरू दुवै नेपाल प्रहरीमा एकै दिन भर्ना भएका प्रहरी अधिकृत हुन् । सिलवाल र श्रेष्ठ दुवै जना व्यवासायीक र सक्षम प्रहरीको अधिकृतको रूपमा चिनिन्छन् । वरियतामा नेपाल प्रहरीमा सिलवाल र सशस्त्रमा श्रेष्ठ पहिलो नम्वरमा भएपनि प्रहरीमा आइजिपीको लागि भने डिआईजीहरू प्रकाश अर्याल, वमबहादुर भण्डारी र जयबहादुर चन्दले दौडधुप जारी राखेका छन् भने सशस्त्रमा एआईजीहरू प्रेम शाही र प्रकाश ओझा दौडमा छन् ।
प्रहरीको नेतृत्व चयन गरिँदा उसको व्यवसायिक छवि,वरियता र पेशागत मर्यादालाई ध्यानमा राख्नुपर्छ । जात र क्षेत्रको आधारमा सुरक्षा निकायमा नेतृत्व चयन गर्ने परम्परालाई सहि नहुने सुरक्षाविद्हरुको सुझाव रहेको जनप्रहार साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्