अर्थ

विपद् प्रभावित परिवारलाई आवास निर्माण गर्न दोस्रो किस्ता रकम निकासा



काठमाडौँ, ५ फागुन । पश्चिम नेपालमा गएको भूकम्प र २०८१ असोजको बाढी पहिरो प्रभावित परिवारलाई अस्थायी आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको छ ।

गृह मन्त्रालयका अनुसार डोटी र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प तथा असोजको बाढी पहिरोका कारण क्षतिग्रस्त आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको हो । 

अस्थायी आवास निर्माण गर्न ७८ हजार ६१० लाभग्राहीलाई पहिलो किस्ताबापत १ अर्ब ९६ करोड र दोस्रो किस्ता बापत ९२ करोड ३३ लाख निकासा गरिएको मन्त्रालयले जनाएको छ ।