Banner News

प्रधानमन्त्री देउवाले भारतमा गएर नेपालीको अपमान गरेः ईश्वर पोखरेल



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेल यतिबेला विभिन्न कार्यक्रमको सिलसिलामा युरोपमा छन् । युरोप भ्रमणका क्रममा स्पेनको बार्सिलोनामा पुगेका एमाले महासचिव पोखरेलसँग लोकान्तरका युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समसामयिक राजनीतिक घटनाक्रम र प्रवासमा बस्ने नेपालीहरूका समस्याको विषयमा कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भ्रमणका क्रममा उठेका विषयलाई एमाले पार्टीले कसरी लिएको छ ?

प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा संविधान संशोधनको कुरा जसरी उठ्यो, प्रधानमन्त्रीबाट लज्जास्पद काम भएको भन्ने हाम्रो ठहर छ । संविधान लेखन, संशोधन वा परिमार्जन भनेको हाम्रो आफ्नो आन्तरिक बिषय भएकाले हाम्रो संविधान कस्तो बनाउछौ, के के संशोधन गछौ रु त्यो हामी नेपालीको अधिकारको कुरा हो ।

नेपालको संविधानको टुङ्गो लगाउने अधिकार भनेको हाम्रो नेपाली जनताको अधिकारको कुरा हो । त्यो हाम्रो नितान्त्त आन्तरिक मामिलाको कुरामा कसैले हस्तक्षेप गर्न मिल्दैन र पाईदैन । हाम्रो आन्तरिक मामिलामा छिमेकीहरूले शिष्यलाई शिक्षा दिएको जस्तो गर्नु गलत हो ।

अहिले संञ्चारमाध्यमहरूमा आएको जे जतिपनि कुराहरू आएका छन् त्यो लज्जास्पद काम भएको छ । स्वभिमानी नेपालीहरूको शिर नुङ्गाउने काम भएको छ यो गलत छ । यो अभिब्यक्ति प्रति खेद ब्यक्त गदै मुलुकका प्रधानमन्त्रीले औपचारिक कार्यक्रममा गैरजिम्मेवारीपूर्ण ढंगले अहिले संशोधन गर्न सकिन पछि फेरि गर्छु भनेर जुन आश्वासन दिने काम भयो यसले स्वाधिन, स्वतन्त्र, सर्वभौम राष्ट्रको मुलुकलाई नेतृत्व गर्ने ब्यक्तिले गर्न नहुने काम भएको छ यो गलत हो यसले सारा नेपालीहरूको मन दुखेको छ ।

नेपालमा प्रधानमन्त्री हुनेबितिकै भारत भ्रमणमा नै जानुपर्ने परम्पराको अन्त्य कहिले हुन्छ ?

हामी यो कुरा मान्दैनौं । आफ्नो आवश्यकता अनुसार छिमेकी मुलुकहरूको भ्रमण गर्न सक्छन् तर नेपालमा के स्थापित गर्न खोजिदैछ भने प्रधानमन्त्री हुने वितिकै भारत भ्रमणमा जानुपर्छ र भारत नगई कल्याण हुँदैन भन्ने एउटा मनोविज्ञान निर्माण गर्न खोजिदै छ यो गलत संस्कार हो । आवश्यकता अनुसार हिड्नुपर्छ तर जुन एउटा प्रवृति बसालिदै छ त्यो अनौठो परम्परा बस्दैछ त्यसलाई ब्रेक लगाउनुपर्छ ।

मुलुकको आन्तरिक मामिलामा भारतसँग सल्लाह र परामर्श लिने काम संस्थागत भएजस्तो देखिन्छ । यस्तो गलत परम्परा कहिले अन्त्य गर्ने रु

मुलुक नै भारतले संञ्चालन गर्यो भन्ने कुरा त होइन, तर हाम्रो देशका नेताहरूका योे हविगत चाहि बढो खेदजनक रहेको छ । यस्तो हविगतले स्वतन्त्र सार्वभौम मुलुकको नेतृत्व गर्ने ब्यक्तिबाट हुने कामबाट स्वभिमानी नेपालीहरूलाई हिनताबोध भएको महसुस भएको छ त्यस्तो काम रोकिनु पर्छ खेदजनक काम हुनु हुदैन ।

दुई ठूला उदीयमान अर्थतन्त्र भएका छिमेकी राष्ट्रको बीचमा रहेर पनि नेपालले आर्थिक विकासमा किन फड्को मार्न सकेन ?

हाम्रो दुर्भाग्यको कुरा हो, दुई छिमेकीमध्ये चीन विश्वको शक्तिशाली राष्ट्र बन्दैछ, भारत पनि विकासमा फड्को मार्दै छ छिमेकीहरूको राम्रो कुरा नलिइकन खाली दोष दिनु भन्दा पनि हाम्रो देशको नेतृत्व गर्ने राजनीतिक दलहरूको अयोग्यताको कारण हामीले विकासको गति लिन सकेका छैनौ ।

छिमेकीहरूको विकासको तिब्र गति संगै हामीले विकाशको सिको गरेर अगाडी बढ्नु पर्ने बेलामा हाम्रो राजनीतिक खिचातानी र सरकार बनाउने लढाउने समस्याले हामी पछि परेका छौ ।

छिमेकी मुलुकको अगाडी स्वतन्त्र र दृणतापुर्वक उभिएर छिमेकीहरूको संवेदनशिलतालाई ख्याल गरेर आखामा आखा जुधाएर उभिन सक्ने सामर्थयता हुन नसक्दा विकासको गति लिन हामीले नसकेको हो ।

संविधान संशोधनमा एमालेले लचकता नदेखाउँदा समस्या भयो, ऊ तराईविरोधी भयो भनेर लाञ्छना लगाइन्छ नि, किन ?

एमाले तराईविरोधी होइन, तराईमा समृद्धि विकासको बाहक हो, तराइको विकास निर्माणमा इमालेले हात्तेमालो गर्न चाहान्छ । बन्दरहेका उधोगहरू खोलेर तराईका हाम्रा दाजुभाईहरू विदेशीनु नपरोस समृद्ध तराई एमालेको उदेश्य हो । तराईमा हुर्केर बढेको पार्टी भनेकै एमाले हो त्यसैले एमाले कहिलै तराई विरोधी थिएन र कुनै समय पनि हुदैन यो झुटो प्रचारबाजि बेमौसमी बाजा बजाउनेहरूको जमातले गर्ने घृणित काम भएको छ । एमाललेले नै हुलाकी राजमार्ग तथा समृद्ध तराई हाम्रो हुनुपर्छ भनेर केपी ओली प्रधानमन्त्री हुदाको बेलामा ल्याएको कार्यक्रहरूबाट त्रसित भएर लगाईएको आरोप हो ।

एमालेको सरकार जब जब आउछ त्यो बेला जातियताको राजनीति र वितण्डता मच्याएर मिलेर बसेको हाम्रो दाजुभाईलाई मधेशी पहाडि भनेर आरोप प्रत्यारोपको फोहोरी राजनितिक गर्नेहरूलाई जनताले विस्तारै बढार्नेमा एमाले विस्वस्त रहेको छ ।

एमाले पार्टीका घोषणपत्रमा आफ्नो गाउ आफै बनाऔ,बृद्ध असाय,एकल महिलाहरूको आयस्तरमा वृद्धी भत्ता लगायत विकास निर्माणको काम गरेर मधेशलाई समृद्ध बनाउन लागेको देख्न नसक्नेहरूको आरोपमा हाम्रो इमान्दार तराईबासी एमालेलाई माया गर्ने आस्थावान जनताहरू कहिलै पनि एमालेको विरोधी नभएको ठोकुवाका सहित तराईमा पनि पहिलो शक्ति भएर उदाउनेमा एमाले आशाबादी रहेको छ ।

एमाले आफ्नो अडानबाट कहिलै पछि हट्दैन र तराईको सबै भाषा र नेपाली भाषा नै राज्यको भाषा हुनुपर्छ भनेका हौ के तराईको मैथिली,भोजपुरी तथा नेपाली लगायत शद्ध नेपालबा बोलिने भाषाहरूलाई समावेश गरौ भन्दा आयातित भाषा राख्ने सवालमा एमाले कहिलै समर्थन गर्ने छैन् ।

राजाको महेन्द्र सरकारको पालामा राजाको निरकुंश शासनको विरुद्धमा विद्रोह गरेका दुर्गानन्द झालाई मारियो पटक पटक नेपाली कांग्रेश तथा अन्य दलहरू मन्त्री भए सरकारमा रहेर काम गरे तर पनि राजाले फासी दिएर
मारेका मान्छेलाई शहिद घोषणा गर्ने काम एमाले सरकार केपि ओलीकै सरकारले गर्यो तर कसैले गर्न सकेको थिएन अनि तराई विरोधी कसरी भयो रु

नेपाल सरकारले प्रवासी नेपालीहरूको सम्पत्ति विवरण कागजपत्र नबनाइदिँदा यहाँ धेरैले समस्या भोग्नुपरेको गुनासो सुनिन्छ । यसतर्फ केही पहल गर्न सक्नुहुन्छ ?

प्रवासी नेपालीहरूको समस्या एनआरएनए स्पेनबाट नेपालका प्रमुख दलहरूका शिर्ष नेतृत्वलाई ध्यानाकर्षण गरेर अगाडि बढ्ने क्रममा एमाले सदैव सकारात्मक छ ।

म ब्यक्तिगत रुपमा पनि मेरो भुमिका रहने छ कुनै कारणबश सरकारले गर्न पर्ने ठाउहरूमा गैरआवाशिय नेपालीको समस्या आफ्नो समस्या भनेर तपाईहरूको प्रतिनिधित्व गरेर मैले राख्ने ठाउहरूमा नेपालीको समस्या भनेर खाख्नेमा विश्वस्त रहन आग्रह समेत गरेका थिए ।

एनआरएनएको एक द्धार प्रणालीबाट आउनुहोस एकताबद्ध भएर एमाले सदैव साथमा रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

स्पेनमा दूतावास खोल्ने निर्णय गरेपनि राजदूत आउन ढिलाइ भएको छ । अनि नेपालमा स्पेनको दूतावास खोल्न एमाले पार्टीले कस्तो भूमिका खेल्छ ?

ढिलै भएपनि नेपाली जनताहरूको माग र स्पेनबासी नेपालीहरूको मानोकाक्षा पुरा भएको छ । नेपाल सरकारले निर्णय गरिसकेपछि त्यसको कार्यान्वयनमा ढिलाई कुनैपनि अर्थमा गर्नु हुदैन र यस विषयमा तत्काल काम कार्वाहि अगाडि बढाएर सेवा दिनु पर्छ । यस्तो काम अविलम्ब छिटो भन्दा छिटो राजदुताबासले पूर्णता पाउनुपर्छ ।

युरोपमा आएको समयमा एनआरएनएसँगको भेटघाट कस्तो रह्यो ?

प्रवासमा रहेका सबै नेपालीहरूको आ आफ्नो क्षेत्रमा सक्दो रुपमा समृद्ध नेपाल निर्माणमा एमालेलाई मत दिएर विजयी बनाउन रचनात्मक भुमिका खेल्नका लागि अनुरोध गर्दै प्रवासमा भएका नेपालीहरू जहा भएपनि नेपाली हौ एकतबद्ध भएर लाग्नु पर्नेमा जोड दिन चाहान्छु ।

अब दुई नम्बर प्रदेशमा निर्वाचन हुदैछ सबैले आफ्नो ठाउबाट लागेर सहयोग गरेर आफ्नो मान्छेलाई एमालेको सिद्धान्त र समृद्ध नेपालको परिकल्पना सहितको नारालाई साथ दिनका लागि सबै क्षेत्रबाट शसक्त रुपमा लाग्न तपाईको मिडियाबाट विशेष अनुरोध गर्न चाहान्छु ।
लोकान्तरबाट