राजनीति

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ, ६ फागुन । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकले संसद् अधिवेशनको संघारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

समितिमा छलफल भइरहेको विधेयक समेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरू समेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताए । ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिए ।