समाचार

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते 



काठमाडौँ, ८ फागुन । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो  । धादिङबाट बिवाहको जन्ती पुर्‍याएर फर्किने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याक गर्ने क्रममा बिहीबार बिहान ५ : ४० बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।