काठमाडौँ, ८ फागुन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।










प्रतिक्रिया दिनुहोस्