राजनीति

जनताको मुख बन्द गर्न सरकारले सामाजिक सञ्जाल सम्बन्धी अध्यादेश ल्याएको हो : अग्नि सापकोटा



काठमाडौँ, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपाली सेनाको पृतनापतिको बैठकले पनि देशमा सुरक्षा चुनौती बढेको बताएपछि गम्भीर हुनुपर्ने बताए ।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले केबलकारको विषयलाई समयमा निराकरण गरेन भने विकराल रूप लिन सक्ने भनेको छ । मधेसको पहिचानको विषयलाई लिएर कुरा उठेको छ, त्यसलाई पनि चाँडै सम्बोधन गर्न सेनाले भनेको कारण देश गम्भीर मोडमा रहेको स्पष्ट भएको उनले बताए ।

उनले भने, ‘जब जब जनताले शासकको विरुद्ध गर्न थाल्छन् अनि शासकले त्यसको मुख बन्द गर्न खोज्छ । त्यसकै लागि सरकारले सामाजिक सञ्जाल सम्बन्धी अध्यादेश ल्याएको हो ।’

सरकारले अध्यादेशबाट देश चलाउन खोजेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि संसद् विघटन गर्न खोजेको आरोप लगाए ।