राजनीति

अहिलेको सरकार अयोग्य छ : माधव नेपाल



काठमाडौँ, ११ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक,अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको आरोप लगाएका छन् । 

आज अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले संविधान समेत कुल्चने बताएका हुन् । 

उनले भने, ‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’, । 

ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताए ।