राजनीति

ट्रम्पको अभिव्यक्तिबारे सरकार बोल्न आवश्यक



काठमाडौँ, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सरकार मौन रहन नहुने बताए ।

उनले भने, ‘दुई देशको बीचको समझदारी अनुसार, सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा वास्तवमा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ,’ ।

जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेसँग सम्बन्धित थियो ।