समाचार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



बागलुङ, १३ फागुन । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । 

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेल रहेका छन् ।

जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको हो ।