Banner News

प्रधानमन्त्रीद्वारा छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै छिटो आवेदन दिन आह्वान



काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै छिटो आवेदन दिन आह्वान गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट लेख्दै उनले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन कम परेको बताएका हुन् । 

आवेदन खुलाइएकोमा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डरग्रेजुएट एमबीबीएस १ जना, पोस्ट ग्रेजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको बताएका हुन् । 

ती सिटहरूमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिन समेत प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।