उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताउनुभएको छ ।
सामूहिक रूपमा एकअर्काको हात समाएर सुख र दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनु, तुङ्गना ९डम्याङ०को सङ्गीतमय वातावरण सृजना गर्नु यो पर्वको मौलिकता भएको उहाँको भनाइ छ । यसले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सजग र सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई प्रवाह गर्ने उपराष्ट्रपति यादवले बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्